Harsamaya
उद्योगमन्त्रीमा दीपक कुमार साह नियुक्त
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह ।

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह नियुक्त भएका छन् । 

बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन् । 

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । 

सपथ समारोहमा सपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायधीश, राष्ट्रियसभा अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

यसअघि बिहीबार नै गौरी कुमारी यादवले राजीनामा दिएकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update