Harsamaya
संसद बैठकमै  ढले सांसद भरत खड्का
सांसद भरत खड्का ।

काठमाडौं -  प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सांसद भरत खड्का अचानक ढलेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला खड्का एकाएक ढलेका हुन् । उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन दौडिएका थिए।

प्रारम्भिक जानकारीअनुसार ब्लड प्रेसर बढेपछि उनी अस्वस्थ भएर ढलेका हुन् । 

घटना भएपछि सभामुख डोलप्रसाद अर्यालले बोलिरहेका सांसद सोम शर्मालाई बीचमै रोकेर अवस्था सहज बनाएका थिए । 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update