Harsamaya
याम्दी खोलाको खोचबाट घाइते महिलाको उद्धार
देवी सुनार उद्धार गर्दै सशस्त्र प्रहरी ।

कास्की - पोखरा महानगरपालिका–२५ हेम्जा चौरस्थित याम्दी खोलाको खोचबाट २२ वर्षीया देवी सुनारको उद्धार गरिएको छ।

खोलानजिकैको भिरबाट महिला कराएको आवाज सुनेपछि स्थानीयवासीले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीलाई खबर गरेका थिए।

त्यसपछि सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई खोचमा घाइते अवस्थामा फेला पारी उद्धार गरेको हो।

उद्धारपछि उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ। दुवै हातखुट्टा र ढाडमा चोट लागेकी सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  २१:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update