५० किलोभन्दा बढी गाँजा बरामद
मोरङ - सशस्त्र प्रहरी बल, नेपालले मोरङको विराटनगरबाट ५० किलो २५० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले बुधबार विराटनगर महानगरपालिका–१६, दरैयास्थित कोलर चोकबाट गाडीसहित उक्त गाँजा बरामद गरेको हो।
बरामद गाँजा तथा गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३ १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

