Harsamaya
 बालक अपहरणपछि भारत लगेर हत्या गरेको आरोपमा एक जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बारा - बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालक राजेश कुमार साह हराएको घटनामा प्रहरीले अनुसन्धानका क्रममा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालक हराएको सूचना प्राप्त भएपछि खोजतलास गर्ने क्रममा भारतको बिहार, मोतिहारी जिल्लाको दुनियापुरी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा मृत अवस्थामा बालक फेला परेको थियो।

घटनासम्बन्धी अनुसन्धानका क्रममा संकलित सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट विश्रामपुर–३ मुसहर्वाका १७ वर्षीय परिवर्तित नाम ‘जिल्ला–३३ (ए)’ ले बालकलाई अपहरण गरी भारत लगेर कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। पक्राउ परेका आरोपितलाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update