Harsamaya
दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

राजविराज - सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीया महिलालाई पक्राउ गरेको छ।

शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल वडा नं. ३ ट्राफिक बजारमा बस्दै आएकी मुस्कान भन्ने जास्मिन खातुनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ–३ स्थित घरपछाडिको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा जास्मिनले बालिकाको हत्या आफूले गरेको स्वीकार गरेको जनाएको छ। उनलाई सप्तरी जिल्ला अदालतबाट भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update