Harsamaya

हुम्ला - हुम्लाको नाम्खा गाउँपालिका–२ नायलथाडस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट ५४८ बोतल अवैध प्रतिबन्धित चाइनिज मदिरा बरामद गरिएको छ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं. ४४ गुल्म हुम्ला, राष्ट्रिय अनुसन्धान विभाग तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले चेकजाँचका क्रममा मदिरा बरामद गरेको हो।

प्रहरीका अनुसार चीनबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएको झिगिनिटी (रक्सी) ४५ कार्टुनबाट ७ हजार ९२८ बोतल र चाइनिज बोर्ड ब्रान्डको बियर ९४ कार्टुनबाट ४ हजार ५६६ बोतल बरामद गरिएको छ।

बरामद मदिराको बजारमूल्य ५ लाख ९३ हजार ६०० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। बरामद मदिराबारे प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गरेको हो।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update