Harsamaya
पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कर्णाली - पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पतिलाई पक्राउ गरिएको छ ।
 
भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । 

मङ्गलबार बेलुका ५ बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन् ।

तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्याएकी थिइन् । 

अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका  प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए । 

उनका अनुसार महेश्वरीलाई थप उपचारका लागि मङ्गलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११:३० बजे भारतको लखनउ रेफर गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update