माछा मार्ने क्रममा बगेका युवकको शव फेला
रुकुम पश्चिम - मुसिकोट नगरपालिका–३ भोटेमारास्थित सानीभेरी नदीमा माछा मार्ने क्रममा बगेका एक युवकको शव तीन दिनपछि फेला परेको छ।
बाँफिकोट गाउँपालिका–१० का अन्दाजी ३४ वर्षीय देव वली साउन २२ गते सानीभेरी नदीमा जाल खेली माछा मार्ने क्रममा नदीले बगाएको प्रहरीले जनाएको छ।
नदीले बगाएपछि बेपत्ता भएका वलीको शव साउन २६ गते सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदी किनारमा फेला परेको हो।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ २०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

