सोलुखुम्बुका तोईबहादुर हत्या आरोपमा थप दुई जना पक्राउ
सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको हत्या घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
गत साउन २३ गते बिहान धारिलो हतियार प्रहार गरी सोही स्थानका ४६ वर्षीय तोईबहादुर कटुवालको हत्या भएको थियो।
घटनाको अनुसन्धानका क्रममा साउन २५ गते १७ वर्षीय बालक र सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका २१ वर्षीय बिनोद खड्का पक्राउ परेका हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०८३ २१:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

