Harsamaya
सुधार केन्द्रमा मृत्यु प्रकरण : सञ्चालकसहित पाँच जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

भक्तपुर - सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित उत्साहित सुधार केन्द्रमा एक पुरुषको मृत्यु भएको घटनामा सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्।

सुधार केन्द्रमा रहेका सिन्धुपाल्चोकका ४४ वर्षीय उमेश खड्गीको मृत्यु भएपछि घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का ४७ वर्षीय गौतम श्रेष्ठ (सुधार केन्द्रका अध्यक्ष/सञ्चालक), रामेछाप सुनापति गाउँपालिका–२ का ३६ वर्षीय सुमन खपाङ्गी मगर, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ का ३८ वर्षीय सविन कार्की, रामेछाप लिखु तामाकोशी गाउँपालिका–१० का ३५ वर्षीय अशोक तामाङ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ का २८ वर्षीय विकास खड्का रहेका छन्।

उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update