Harsamaya
सामुदायिक वनमा लुकाइराखिएका १३ थान भरुवा बन्दुक बरामद
प्रहरीका अनुसार घटनास्थलबाट १३ थान साबुत भरुवा बन्दुक र सोही बन्दुकका दुई थान नाल नियन्त्रणमा लिइएको छ।

प्युठान - प्युठानको नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा मनकामना सामुदायिक वन र सुनसरी खोल्सामा झारपातले छोपेर बेवारिसे अवस्थामा लुकाइराखिएका हतियार फेला पारेको हो।

प्रहरीका अनुसार घटनास्थलबाट १३ थान साबुत भरुवा बन्दुक र सोही बन्दुकका दुई थान नाल नियन्त्रणमा लिइएको छ।

बेवारिसे अवस्थामा हतियार कसले र किन लुकाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update