पेस्तोलसहित तीन जना पक्राउ
कपिलवस्तु - कपिलवस्तुको विजयनगर गाउँपालिका–४ जगदिशपुरबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।
कृष्णनगर नगरपालिका–८ बहादुरगन्जका स्थानीयलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको सूचना पाएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो। खोजीका क्रममा विजयनगर–४ जगदिशपुरबाट उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र लु.६१ प.७०७२ नम्बरको १२५ सीसी मोटरसाइकल बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०८३ १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

