पेस्तोलसहित तीन जना पक्राउ
सिरहा - लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले पुरानो पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले सबरजीत दासलाई चेकजाँच गर्ने क्रममा ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पुरानो पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न गुरुदेव दास र संजय दासलाई समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय लहान पठाएको जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०८३ १०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

