Harsamaya
जनता आवासको घरमै ८०४ किलो गाँजा, होटल सञ्चालकसहित दुई पक्राउ
बरामद गरिएको गाजा ।

धनकुटा - धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारबाट प्रहरीले ८०४ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका–४ घर भई हाल चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका करिब ४० वर्षीय हरिप्रसाद ओझा र सोही स्थानका ३४ वर्षीय आशिष विश्वकर्मा रहेका छन्।

प्रहरीले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको घरमा खानतलासी गर्दा प्लास्टिकका ४८ वटा बोरामा लुकाइराखिएको ८०४ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

बरामद गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update