८ किलो ‘थाई गाँजा’सहित दुई भारतीय महिला पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो ‘थाई गाँजा’सहित भारतका दुई महिला पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडान मार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको मणिपुरकी २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन्।
प्रहरीले उनीहरूको सुटकेसभित्र लुकाएर ल्याइएको ८ किलो थाई गाँजा, दुई थान राहदानी (पासपोर्ट) र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३ १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

