मनहरीमा जीपबाट १०९ किलो गाँजा बरामद, दुई जना पक्राउ
मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गबाट १०९.०९६ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जीप रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरिएका १५ पोकामा लुकाइराखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका–७ किरानचोकका ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन्।
बरामद गाँजा, जीप र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०८३ १०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

