६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य ६ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
बिहीबार २ लाख ७७ हजार ३ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो ।
महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ७० रुपैयाँ थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३ ११:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

