सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार ४ हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भैइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०८३ ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

