Harsamaya
दाइको हत्या गरी नहरमा फालेको आरोपमा भाइ पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बाँकेको कोहलपुरमा आफ्नै दाइको हत्या गरी शव नहरमा फालेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय बिनोद चौधरी रहेका छन्। उनीमाथि आफ्ना २६ वर्षीय सहोदर दाइ मनोज चौधरीको कुटपिटपछि हत्या गरी शव नहरमा फालेको आरोप लागेको प्रहरीले जनाएको छ।

घटना असार १४ गते साँझ करिब ७ बजे भएको थियो। घटनापछि फरार रहेका बिनोदलाई आज बिहान करिब ६:३० बजे भारततर्फ भाग्ने क्रममा कोहलपुर नगरपालिका–१५ चन्हवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update