गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा प्रभाव जमाउन खोज्ने व्यक्ति पक्राउ
काठमाडौं - आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा प्रभाव जमाउने तथा अनधिकृत पहुँच राख्ने प्रयास गरेका थिए।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असार १४, २०८३ १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

