Harsamaya
इन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट 
इन्द्रावती गाउँपालिका ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँको आय अनुमान सार्वजनिक गरेको छ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक आय (दहत्तर–बहत्तर समेत) बाट १३ करोड ४१ लाख २० हजार रुपैयाँ, अन्य आयबाट १० करोड रुपैयाँ तथा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १३ करोड ९८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ।

यस्तै, संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फ ८ करोड २१ लाख ४५ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ५ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ५ लाख रुपैयाँ तथा सशर्त अनुदान २७ करोड २४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३१ लाख ७६ हजार रुपैयाँ, सवारी कर बाँडफाँट २ करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान १ करोड ४१ लाख ७९ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ९७ लाख ५० हजार रुपैयाँ तथा विशेष अनुदान ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी भारतीय दूतावासको सहयोगमा स्वास्थ्य चौकी निर्माणका लागि ५० लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि कुल अनुमानित आय ८३ करोड ९० लाख ७९ हजार रुपैयाँ रहेको छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update