Harsamaya
ब्राउनसुगरसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

ताप्लेजुङ - फुङलिङ नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सचिन लिम्बु र पाँचथर हिलिहाङ गाउँपालिका-२ सिंहपुर बस्ने २१ वर्षीय रोशन लिम्बु रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सचिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update