Harsamaya
खाल्डोमा लुकाएको ३७० किलो गाँजा बरामद
गाँजा ।

वीरगञ्ज - पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित नहरको खाल्डो छेउमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी मिर्जापुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा बेवारिसे अवस्थामा राखिएको गाँजा फेला पारेको हो। प्रहरीले नहरको खाल्डो नजिकै २५ वटा पोकामा प्याक गरेर राखिएको ३७० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

बरामद गरिएको गाँजा कसले र कुन उद्देश्यले त्यहाँ ल्याई लुकाएको भन्ने खुलेको छैन। घटनास्थलबाट कुनै व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजा बरामद गरी नियन्त्रणमा लिएको तथा यसको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति र सम्भावित गन्तव्यबारे अनुसन्धान अघि बढाइएको जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update