गाजामा शौचालय संकट : पालभित्रै शौच गर्न बाध्य
एजेन्सी - इजरायल–हमास युद्धका कारण विस्थापित भएका गाजाका लाखौं प्यालेस्टिनीहरू शौचालयको चरम अभाव झेलिरहेका छन्।
दक्षिणी गाजाका धेरै परिवारले सार्वजनिक शौचालयको अभाव र असुरक्षाका कारण पालभित्रै अस्थायी शौचालय निर्माण गरेका छन्।
करिब १७ लाख विस्थापित नागरिक अस्थायी शिविरमा बसिरहेका छन्, जहाँ सरसफाइ, ढल निकास र शौचालयजस्ता आधारभूत सुविधा पर्याप्त छैनन्।
सार्वजनिक शौचालयमा लामो लाइन, गोपनीयताको अभाव र असुरक्षाले विशेषगरी महिला तथा बालबालिकालाई बढी प्रभावित बनाएको छ।
मानवीय सहायता संस्थाहरूले कमजोर सरसफाइका कारण संक्रामक रोग फैलिने जोखिम बढेको चेतावनी दिएका छन्। युद्ध र पूर्वाधार ध्वस्त हुँदा गाजाका नागरिक आधारभूत आवश्यकतासमेत पूरा गर्न संघर्षरत छन्।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ १७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

