Harsamaya
कर्मचारीको तलब वृद्धि

काठमाडौं - सरकारले कर्मचारीको तलब २१ प्रतिशत बढाउने भएको छ ।

बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले न्यूनतम पारिश्रमक अब ४० हजार र अधिकतम १ लाख माथि हुने  घोषणा गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।

नयाँ तलब स्केल साउन १ बाट लागु हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update