Harsamaya
एकैदिन सुन तोलामा ८ हजार ३०० रुपैयाँ सस्तियो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। आइतबार स्थानीय बजारमा सुन तोलामा ८ हजार ३०० रुपैयाँले सस्तिएपछि प्रतितोला मूल्य दुई लाख ७२ हजार रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार एकैदिन आएको गिरावटसँगै सुनको मूल्य दुई लाख ७२ हजार रुपैयाँ कायम भएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला १७५ रुपैयाँले घटेर तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ८२५ रुपैयाँ थियो। आइतबारको मूल्य घटाइसँगै सुनचाँदी दुवैको भाउ ओरालो लागेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update