Harsamaya
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
मन्त्रिपरिषद् बैठक ।

काठमाडौं - सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसद्मा पेश गर्न  स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update