Harsamaya
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
प्रवक्ता सस्मित पोखरेल ।

काठमाडौं - सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनले भने,‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।’

त्यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे–केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्र पत्र स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

उनको अनुसार सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update