एजेन्सी - गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा भएको इजरायली गोलीबारी र ड्रोन आक्रमणबाट चार प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।
राफाहको अल–मवासीको इजरायली सेनाद्वारा नियन्त्रित क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीहरू मारिएको डब्लु ए एफ ए समाचार एजेन्सीले जनाएको छ ।
दक्षिणी गाजा पट्टीको खान युनूसको उत्तरपूर्वमा रहेको अल–करारा सहरमा भएको इजरायली गोली हानाहानमा एक जना प्यालेस्टिनी मारिएको जनाइएको छ । उत्तरी गाजा पट्टीको बेत लाहिया परियोजनामा इजरायली ड्रोनले प्यालेस्टिनीहरूको समूहमा बम खसाले पछि अर्का एक जना प्यालेस्टिनीको मृत्यु भएको अन्य घाइते भएको जनाइएको छ ।
उत्तरी गाजाको जबालियाको हलावा शरणार्थी शिविरमा इजरायली ड्रोनले बम खसाल्दा एक जना प्यालेस्टिनी घाइते भएको जनाइएको छ ।
चिकित्सा स्रोतहरूले मेडिकल टोलीहरूले दक्षिणी गाजा पट्टीको रफाह शहरको अल–मवासी क्षेत्रमा कब्जा बलको गोली लागेर मृत्यु भएका दुई ट्रक चालकहरूको शव बरामद गरेको जनाएको छ ।
कब्जा बलहरूले गाजा सहर र खान युनूसको पूर्वका आवासीय भवनहरूमा सैन्य सवारी साधनहरूबाट भारी गोलीबारी गरी ठूलो मात्रामा ध्वस्त पारेको जनाइएको छ ।
सन् २०२३ अक्टोबर –७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भए देखि मृतकको सङ्ख्या ७२ हजार ७७३ पुगेको र एक लाख ७२ हजार ७२३ जना घाइते भएको जनाइएको छ ।
कब्जा बलहरूले गाजा पट्टीका धेरै क्षेत्रहरूमा थप हिंसा र गोलाबारी, हवाई आक्रमण गरेर युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको जनाइएको छ ।

