Harsamaya
रौतहटमा बोक्सीको आरोप लगाउने पक्राउ
सांकेतिक तस्वीर : हर समय/Har Samaya

रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बोक्सीको आरोपमा दुव्र्यवहार गरी फरार रहेका र बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने एक जना पक्राउ परेका हुन् ।

स्थानीय गौरी साह कलवारसहितका व्यक्तिहरूले ‘मेरो आफन्तलाई बिरामी बनाई दिएको’ भन्दै ती महिलालाई गालीगलौज, लछारपछार, कुटपिट गर्नुका साथै मलमूत्र समेत खुवाएर अपमानित गरेका थिए । उक्त घटनापछि फरार रहेका स्थानीय राजेन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको हो । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उक्त घटनापछि फरार रहेका स्थानीय राजेन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको हो। । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी, बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका अर्का एक प्रतिवादी पनि पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका वडा नं. ९ बस्ने राजेश कुमार साहको जाहेरीका आधारमा चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ९ डुमरिया बस्ने ३८ वर्षीय सफरुदिन कुमार देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल सरकार वादी रहेको उक्त बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका देवानलाई जेठ १ गते नै पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update