खैरो हेरोइनसहित दुई जना पक्राउ
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगरबाट प्रहरीले १५ ग्राम ६७० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१० स्थित क्षेत्रबाट लागू औषध खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ बाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐचपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट १५ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन, सु.प.प्र.०२–००८ प ६३६३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद भएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३ ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

