Harsamaya
गुन्डुमा बस्दै छ एमाले सचिवालय बैठकः यी हुन् मुख्य एजेन्डा
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ । 

बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने छ । प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमालेबीच छलफल जारी छ ।

सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने छ ।

एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update