Harsamaya
करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - सुनसरीमा करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट लागूऔषध गाँजा १४८ किलोग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बिरपुर बस्ने २१ वर्षीय मो.सदाम र १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update