सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं - मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ५५ कायम भएको छ ।
हिजो मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८८० मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३ ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

