सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान
सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन(बजेट अधिवेशन) आह्वान गरेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उनले आज वैशाख १७ गते अपराह्न ४ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।
अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुग्नुभएका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३ २०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

