‘स्ट्रेट अफ हर्मुज’ मा इरानले सौदाबाजी गर्न सक्दैन : ट्रम्प
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई स्ट्रेट अफ हर्मुजको भविष्यमा सौदाबाजी (ब्ल्याकमेल) नगर्न चेतावनी दिएको छ ।
‘तपाईंलाई थाहा छ, उनीहरूले वर्षौंदेखि गरेजस्तै हर्मुज घाँटी फेरि बन्द गर्न चाहन्थे । हामी उनीहरूसँग वार्ता गरिरहेका छौँ। उनीहरूले हामीलाई ‘ब्ल्याकमेल’ गर्न सक्दैनन्,’ ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममा भने ।
राष्ट्रपति ट्रम्पले इरानका बारेमा केही जानकारी प्राप्त हुने बताउँदै भने, ‘हामी कडा अडान लिइरहेका छौँ ।’
यसैबीच, इरानको सेनाले शनिबार विश्वको कच्चा र तरलीकृत प्राकृतिक ग्यासको पाँच भागको एक भाग पार हुँदै जाने जलमार्ग हर्मुज घाँटी फेरि एकपटक बन्द गरिएको घोषणा गरेको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३ २०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

