कांग्रेसको आधिकारिता गगनकुमार थापा नेतृत्वले पायो
काठमाडौं - नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले दायर गरेको रिट खारेज गर्दै गगनकुमार थापा नेतृत्वलाई वैधानिकता दिएको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट अस्वीकार गरेको हो।
उनीहरूले निर्वाचन आयोगले दिएको आधिकारिकता र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका थिए।
सर्वोच्चको यो निर्णयसँगै देउवा–खड्काको दाबी कानुनी रूपमा असफल भएको छ भने निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनबाट बनेको नेतृत्वले निरन्तरता पाएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३ २२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

