Harsamaya
सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का
भरत खड्का ।

काठमाडौं - नेपाली कांग्रेसले संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भरत खड्कालाई बनाउने निर्णय गरेको छ।

लेखा समितिको सभापति कांग्रेसको भागमा परेपछि पार्टीले खड्कालाई उम्मेदवारका रूपमा अघि सारेको हो। कांग्रेस नेता अर्जुननरसिंह केसीले खड्कालाई सभापति बनाउने निर्णय भएको जानकारी दिएका छन्।

यसअघि सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने सहमति गरेको थियो।

प्रतिनिधिसभाका विभिन्न संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ। संसद्को प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update