२८६ किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं - धादिङबाट करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २८६ किलो ४०० ग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२ १०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

