भरुवा बन्दुकसहित २ जना पक्राउ
काठमाडौं- उदयपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई बेलका नगरपालिका ६ वाबुङला सामुदायिक वनबाट बन्दुकसहित गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०८२ २०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

