Harsamaya
१९ केजी गाँजासहित जिरोमाइल क्षेत्रबाट युवक पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सिरहा - जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का  राजेश दासलाई पक्राउ गरिएको हो । 

यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि परिचालन भएको सशस्त्र प्रहरी बलको टोलीले आज बिहान निजलाई पक्राउ गरेको हो । 

शंका लागेर सुखिपुर क्षेत्रमा जाँच गर्दा चाँदीका गाँजासहित ब्रासलेट, नगद रु.२५ हजार र एक थान मोबाइल सेट बरामद भएको उनले बताए । 

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update