वालेन्द्र शाहलाई गाली गरेको आरोपमा युट्यूबर पक्राउ
काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै युट्यूबमा अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा एक युट्यूबर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल रहेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पोखरेलले सामाजिक सञ्जाल युट्यूबमार्फत प्रधानमन्त्री तथा अन्य नेताहरूलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति प्रयोग गरेको पाइएपछि अनुसन्धान अघि बढाइएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

