Harsamaya
भोजपुरमा कुटपिटबाट २४ वर्षिय युवकको मृत्यु, चारजना पक्राउ
सांकेतिक तस्वीरः हर समय/harsamaya

भोजपुर- कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ ।

भोजपुरको षडानन्द नगरपालिका–१३, रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार, षडानन्द नगरपालिका–१३, मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा शंकराज तामाङको घरमा बस्दै आएका थिए ।

षडानन्द नगरपालिका–१४, बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मंगलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार चारैजनालाई आज घरबाटै नियन्त्रणमा लिइएको प्रनाउ लामाले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update