प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने
काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले दिउँसो १२ बजे राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन् ।
यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । भेटवार्तामा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०८२ ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

