Harsamaya
वृद्धलाई कुटपिट गर्ने पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सार्वजनिक स्थानमा एक बृद्धलाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा देखिएको काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्धलाई कुटपिट गरेको भिडियोका सम्बन्धमा प्रहरीले छानबिन गरेको थियो । छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update