Harsamaya
भक्तपुर ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

भक्तपुर - जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आइथबार ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
    
प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, ‘स्वीप अप्रेसनमा आज ३० जना पक्राउ ग-यौँ, हिजो ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।’

उनले विभिन्न घट्नमा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै स्वीप अप्रेसन जारी राखेको बताए । 

सार्वजनिकस्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update