Harsamaya
१७१ किलो गाँजासहित मकवानपुरमा युवक पक्राउ
सांकेतिक तस्वीरः हर समय/Har Samaya

मकवानपुर - मकवानपुरमा करिब १७१ किलो गाँजासहित एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार मनहरी गाउँपालिका–९ स्थित खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजासहित २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई मंगलबार बिहान नियन्त्रणमा लिइएको हो। उनी राक्सिराङ गाउँपालिका–४ निवासी हुन्।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडी जाँच गर्ने क्रममा २७ वटा प्याकेटमा लुकाइराखिएको १७१ किलो २१ ग्राम गाँजा बरामद गरेको हो।

गाडीका चालक स्याङतानलाई तत्कालै पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update