Harsamaya
 ८० लाख बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी राधिका पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेकी दोलखा बैतेस्वरी गाउँपालिका -३ स्थायी घर भएकी वर्ष ३७ की राधिक बस्‍नेतलाई काठमाडौं महानगरपालिका - ६ बाट नियन्त्रणमा लिइएको हो। उनलाई २०८२ चैत ८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस्‍नेतविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

उनीविरुद्ध बैंकिङ कसुरका विभिन्न ५ वटा मुद्दा दर्ता रहेको जनाइएको छ। तीमध्ये जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध, गौशाला, सिंहदरबार तथा वैदेशिक रोजगार विभाग ताहाचलमा समेत मुद्दा रहेको उल्लेख गरिएको छ।

प्रहरीले दिएको विवरणअनुसार ती मुद्दाहरूमा कुल बिगो करिब ८० लाख रुपैयाँभन्दा बढी रहेको छ। विवरणअनुसार विभिन्न शीर्षकमा रकम उठाएर फिर्ता नगरेको तथा झुट्टा कागजात प्रयोग गरी ठगी गरेको आरोप उनीमाथि लागेको छ।

प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई अझ तीव्र बनाइएको र यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने अभियान जारी रहने जनाएको छ।

657189513_1252830326979488_3303553280918706534_n-1774351701.jpg

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update