Harsamaya
केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बाघको छाला बिक्रीको अभियोगमा केन्द्रीय कारागारमा जेल जीवन विताइरहेका तनहुँको देवघाटका ५६ वर्षीय विष्णुबहादुर गुरुङ जेनजी आन्दोलनमा कारागारबाट फरार रहेका थिए ।

गुरुङ बाघको छाला बिक्री व्यवसाय गरेको मुद्दामा १५ वर्ष कैद सजाय र रु एक लाख जरिवाना फैसला भई कागारार जीवन बिताइरहेका थिए ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जेनजी आन्दोलनका क्रममा फरार गुरुङलाई आज कङ्कीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गुरुङलाई बाँकी कैद भुक्तान गर्न केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको उनले बताए। 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update